नागरिक पोष्ट News


आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै

602

काठमाडौंं - आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ ।

विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो । 

नेपाल १३ असोज २०७६ मा नै खुला दिसामुक्त भैसकेकाले निजी शौचालयको महत्व र सरसफाइको चेतना लगभग सबै क्षेत्रका सबै समुदायमा पुगिसकेको अनुमान छ । अहिले यस क्षेत्रमा कार्यरत संस्थाहरुले सार्वजनिक स्थलमा पर्याप्त शौचालय बनाउने र तिनको सरसफाइ राख्ने विषयलाई प्राथमिकतामा राखेका छन् ।

संयुक्त राष्ट्र संघले सन् २०१३ देखि औपचारिक रुपमा १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको मनाउन थालेको हो । राष्ट्र संघको महासभामा सिंगापुरले यो प्रस्ताव पेश गरेको थियो । त्यसयता राष्ट्र संघको यूएन वाटर भन्ने निकायले यस दिवस मनाउने कार्यको संयोजन गर्दै आएको छ ।

Must View