नागरिक पोष्ट News


बसले ठक्कर दिँदा पठाओ चालक र यात्रुको मृत्यु

693

काठमाडौं -  पठाओ स्कुटर दुर्घटना हुँदा काठमाडौँको कलंकीमा चालक र यात्रु दुवैको मृत्यु भएको छ । मंगलबार साँझ पौने ५ बजे कलंकीको सीता पेट्रोल पम्पनजिकै सो दुर्घटना भएको थियो ।

ओम जनता यातायातको बसले पठाओ स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको र दुवै जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । मृत्यु हुनेमा स्कुटर चालक धादिङ घर भई अहिले थानकोट बस्दै आएका अन्दाजी ३५ वर्षका रामबहादुर आचार्य र यात्रु बाँके घर भई हाल इमाडोल बस्दे आएका ५२ वर्षका यादवकुमार शाह छन् ।

गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बयोधा अस्पताल पुर्‍याएको थियो । उपचारका क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र स्कुटरलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।  

कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्रदेश ०३(०२(०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट कलंकीतर्फ आइरहेको प्रदेश ०३(०१(००५ ख ९३०० नम्बरको बसले डक्टर दिँदा स्कुटर चालक र यात्रु घाइते भएको परिसरले जानकारी दिएको छ ।

 

Must View