नागरिक पोष्ट News


नगर प्रमुख र उपप्रमुख बाट तारकेश्वर नगरपालिकामा जनगणना सुरु

1.2K

काठमाडौ -  राष्ट्रिय जनगणना  सुरु भएको छ। मेरो गणना मेरो सहभागीता नाराका साथ १२ अौ राष्ट्रिय जनगणना शुरु भएको हो । तारकेश्वर नगरपालिकामा नि आज देखि राष्ट्रिय जनगणना कार्यक्रम सुरुभएको छ।   

जनगणनाको शुभारम्भ पहिलो गणना तारकेश्वरका नगर प्रमुख रामेश्वर बोहरा र उपमेयर भवानी डोटेल धिताल बाट शुभारम्भ  गरिएको  तारकेश्वर नगरपालिकाका सुचना अधिकारी होमनाथ न्यौपानेले बताए ।  

तारकेश्वरका स्थानीय जनगणना अधिकारी हरिकृष्ण अर्यालले दिएको जानकारी अनुसार तारकेश्वर नगरपालिकाका ११ वटा वडामा १८४ जना गणका खटिएका छन। तारकेश्वर नगरमा ४२ हजार एक सय घर परिवार रहेका बताए ।  

Must View