हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपताको सम्भावना, तापक्रम अधिक घट्ने
623
काठमाडौं ( आज देशका हिमाली र उच्च पहाडी भू भागहरुमा मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदलीसँगै सो क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै बाँकी भूभागमा भने मौसम सामान्य रहने बताइएको छ । प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू९भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आगामी ३ दिन वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन मौसम विभागले सबैमा अनुरोध गरेको छ ।