नागरिक पोष्ट News


हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकामा हिमपहिरो

1.3K

पर्वत -  हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकामा आइतबार बिहान गएको हिमपहिरोबाट घाइते हुनेको संख्या ११ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार आइतबार बिहान करिब ११ बजे धौलागिरि हिमशृङखलाबाट सुरु भएको ठूलो हिमपहिरो थासाङ गाउँपालिका—२ कोवाङसम्म आइपुगेको हो।

प्रहरी निरीक्षक अधिकारीका अनुसार हिमपहिरो आएको थाहा पाएपछि त्यसभन्दा तल रहेका बस्ती तथा विद्यालयमा भागाभाग हुँदा ​कोवाङस्थित जनआदर्श अमरसिंह माविका शिक्षक र विद्यार्थी गरेर ११ जना सामान्य घाइते भएका छन्।

 अहिलेका लागि त पहिरो रोकिएको छ तर आधाजस्तो भाग अड्किएका कारण फेरि पनि आउन सक्ने जोखिम छ। तर पहिरोको रुटमा बस्ती वा विद्यालय नभएकाले डर मानिहाल्नुपर्ने अवस्था भने छैन,’ उनले भने, ‘बरु भाग्ने क्रममा विद्यालयमा ९ जना छात्रा, एक जना महिला शिक्षक र एक जना छात्रलाई सामान्य चोट लागेको छ।’ 

प्रहरीका अनुसार करिब ५ किलोमिटर माथिबाट आएको पहिरो नाउरीकोट गाउँसम्म आइपुगेको थियो।

Must View