नागरिक पोष्ट News


तारकेश्वरमा जीबीकोपार्जन पुनस्थापनाका लागि दिगो पर्यटन परियोजना संचालन

1.8K

काठमाडौ - तारकेश्वर नगरपालिकामा जीबीकोपार्जन पुनस्थापनाका लागि दिगो पर्यटन परियोजना संचालन भएको छ । नेपाल पर्यटन बोर्ड , नाटा , टान र यूनडीपीको संयुक्तm आयोजनामा संचालीत सो परियोजना अन्र्तगत धर्मस्थली , महांकाल मन्दिर ,शान्तीधाम , भुवनेश्वरी मन्दिरको सरसफाई हुनेछ । सो अभियानमा ३२ जना पर्यटन मजदुर तथा ३२० ब्यक्ती दिनको हुनेछ ।

नाटाका बोर्ड सदस्य तथा तारकेश्वर निवासी बिष्णु कार्कीको अगुवाईमा तारर्केश्वर नगरपालिका भित्र जिविकोपार्जन र पुर्र्नस्थापनका लागि पर्यटकिय र धार्मिक स्थल सरसफाइ तथा मर्मतसंहार ३२ जनासम्मको श्रमिकहरुको टिमले १० दिन सम्म पदमार्गहरु खोल्ने र मर्मत संहार गर्न शनिबार शुभारम्भ गरिएको छ ।

सो कार्यक्रममाा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल , तार्केश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल धिताल , कार्यकारी प्रमुख शिवप्रशाद लम्साल, वडाअध्यक्ष्य मधु कार्की र रविन्द्र के सि , नगर सदस्य राजु तिमील्सिना , प्रोजेक्टका प्रतिनिधि अनिश लम्साल, नाटा अध्यक्ष्य अच्युत गुरागाइ, वरिष्ठ उपाध्यक्ष विनय बस्नेत, महासचिव सुधिर उपाध्याय, सहकोषाध्यक्ष युबिका भण्डारी , बोर्ड सदस्यहरु बिष्णु कार्की, हरिकुमार श्रेष्ठ, राजकुमार देवकोटा, महांकाल माइ गुठीका पदाधिकारीहरु, गायक दुर्गेश थापा, हर्के हल्दार टिम तथा बिभिन्न कलाकारहरुको उपस्थीती रहेको थियो ।

बिषेश गरि कोरोना महामारीपछिको पर्यटन गतिबिधिहरुको चलायमान तथा पर्यटन मजदुरहरुको जिविकोपार्जनका लागी सो परियोजनाले देशका बिभिन्न स्थानहरुको धार्मीक तथा सांस्कृतिक सम्पदाहरुमा यस्तै अभियानहरु संचालन गरिरहेको नाटाका अध्यक्ष अच्यूत गुरागाँइको भनाई छ । उहाँका अनुसार यो परियोजनाले नेपालभर ३५० जना पर्यटक मजदुरहरुको जीबीकोपार्जन पुनस्थापनामा प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गर्नेछ ।

तारकेश्वरभित्रका सम्पदा संगै सो परियोजनाले पंचधुरा माई , फेवाताल , काठमाडौं दरवार इस्क्वायर क्षेत्र ,पनौती , स्यम्भूनाथ , पाटन लगातका स्थानहरुमा काम गर्नेछ ।

Must View