नागरिक पोष्ट News


मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागहरूमा आंशिक  बदली

700

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागहरूमा आंशिक  बदली  रही  बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको  छ ।  वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न  सामान्य  सतर्कता अपनाउन  महाशाखाको  अनुरोध छ ।

आइतबार देशका प्रदेश  १ का पहाडी  भू–भागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी  भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । सोमबार  देशका प्रदेश  १ लगायत अन्य प्रदेशका पहाडी  भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश  १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

Must View