नागरिक पोष्ट News


तारकेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा सम्पन्न

1.4K

काठमाडौं  - तारकेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको कार्यालय लामबगरमा भएको भेलाले ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति निर्वाचित गरेको छ । जसमा अध्यक्षमा शिवहरि लामिछाने, उपाध्यक्ष उद्धव घिमिरे, सचिव घनश्याम पाण्डेय, कोषाध्यक्ष झनकराज शर्मा, सदस्यहरुमा रामगोपाल खड्का, नवराज न्यौपाने, रिता महत, देवी पैड्याल र रामकृष्ण रिजाल रहेका छन् ।

शैक्षिक क्षेत्रको व्यक्तिहरु र वित्तिय क्षेत्रमा लामो अनुभव समेटिएका व्यक्तिहरुको समुहले तारकेश्वरमा बैकिङ सिस्टमबाट सहकारी सञ्चालन गर्न लागेको हो । सहकारीलाई १ वर्षभित्रमा शेयर सदस्यहरुलाई थोरै भएपनि नाफा बाँड्ने गरी योजना बनाएर अघि बढेको संस्थाका अध्यक्ष शिवहरि लामिछानेले बताउनुभयो । लामिछानेकाअनुसार आफुले नेतृत्व गरेको संस्थालाई पूर्ण रुपमा पारदर्शी गरेर बचतकर्ताहरुको लगानीलाई सुरक्षित गर्दै शेयर होल्डरहरुलाई नाफा खुवाउने योजनाअनुसार आफ्नो ४ वर्षे कार्यकाल पुरा गर्ने प्रतिवद्धता गर्नुभयो ।

संस्थामा अहिलेसम्म ५० जना भन्दा बढि शेयर होल्डरहरु भइसकेको छ । जसको कुल पुँजी अहिले १ करोड भन्दा बढि रहेको छ भने अर्को वर्षभित्र १५० भन्दा बढि शेयर सदस्य थप गरिने संस्थाका सचिव घनश्याम पाण्डेयले बताउनुभयो । बाँकी रहेको ऋण समिति लगायतका समितिहरु केही दिनमै गठन हुने कुरा पाण्डेयले बताउनुभयो ।

Must View