नागरिक पोष्ट News


युट्युबमा ‘यात्रा : अ म्युजिकल भ्लग’

1.2K

फिल्म । कलाकार केशव भट्टराईको निर्माणमा तयार भएको अन्तिम फिल्म ‘यात्रा स् अ म्युजिकल भ्लग’ युट्युबमा रिलिज भएको छ । केहि समय अगाडी विभिन्न एपमा रिलिज भएको फिल्मलाई ओएसआर डिजिटल मार्फत युट्युबमा सार्वजनिक गरिएको हो । विक्रम संवत २०७५ सालको चैत्र अन्तिममा प्रदर्शनमा आएको फिल्मलाई युट्युबमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । फिल्मले उठान गरेको विषयवस्तुलाई रुचाइएको निर्देशक सम्राट शाक्यले बताए । ‘हामीले फिल्ममा मनोरंजनसँगै केहि संदेश पनि दिने प्रयास गरेका छौँ’ निर्देशक शाक्य भन्छन् ,’प्रारम्भिकरुपमा युट्युबमा प्राप्त प्रतिक्रियाले हामीले गरेको कामको मुल्यांकन भएको ,महसुश भईरहेको छ ।’ हलमा प्रदर्शन हुँदा पनि टीमले यस्तै प्रतिक्रिया पाएको थियो ।

फिल्ममा सलिन मान बनिया , मलिका महत , सलोन बस्नेत , रेअर राई , प्रेक्षा बज्राचार्य , जान्वी बस्नेत , जय नन्द लामा , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहेको छ भने विशेष भूमिकामा दीपकराज गिरी पनि छन् । यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकार अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा तयार फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको छन् भने बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

फिल्ममा कथा निर्देशक सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ ।

Must View