एकीकृत अखिल नेपाल शिक्षक संगठन को दोस्रो जिल्ला परिषद सम्पन्न
1.6K
काठमाण्डौँ - एकीकृत अखिल नेपाल शिक्षक संगठन काठमाडौ जिल्लाको दोस्रो जिल्ला परिषद काठमाण्डौँमा सम्पन्न भएको छ । परिषदले कमालदिन मियालाई अध्यक्षमा निर्बाचित गरेको हो । त्यसै गरी उपाध्यक्षहरु कृष्ण राज कट्टेल, मचाभाइ महर्जन र अमृता मजाकोटी लाई चयन गरेको छ ।
सचिवमा बसन्तराज ढकाल, कोषाध्यक्ष सौगात फुयाँल, सह सचिव राजु दाहाल र केशव आचार्य परिषद्मा निर्वाचित हुनुभएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष शकर अधिकारीको प्रमूख आतिथ्यतामा सञ्चालित कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो ।