नागरिक पोष्ट News


“शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” हुदै

1.3K

काठमाण्डौँ - नेपालमा पहिलो पटक शिखर नेपाल प्रा.लि.को आयोजनामा “शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” हुने भएको छ ।

लोकप्रिय डिजिटल प्लेटफर्म टिकटकमा केन्द्रित रहने यस् कार्यक्रममा निर्णायकका रुपमा नेपाली फिल्म क्षेत्रका चर्चित कलाकारहरु अभिनेत्री गौरी मल्ल, अभिनेता रमेश उप्रेती र अभिनेत्री वर्षा सिवकोटी रहनेछन भने कार्यक्रम सञ्चालन पुर्व मिस नेपाल सुगारिका के सि ले गर्नेछिन ।

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री माननीय श्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’को प्रमुख आतिथ्यमा कलाकार, आयोजक टिम तथा सञ्चारकर्मीहरुको उपस्थितिमा उक्त कार्यक्रमको पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

कार्यक्रममा सदाबहार अभिनेता भुवन केसी, लोकप्रिय अभिनेता सरोज खनाल, वरिष्ठ चलचित्रकर्मी उद्धव पौड्याल, कलाकार पुकार भट्टराई, सन्दिप अर्याल, साहित्यकार भिष्मराज फुलारा तथा सञ्चारकर्मी सुदर्शन प्रसाद आचार्य “शिखर सम्मान २०७८” द्धारा सम्मानित गरिएको थियो ।

तनहु क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एकिकृत समाजवादीका सांसद रहेका श्रेष्ठलाई समेत शिखर नेपाल प्रा.लि.ले बधाई तथा सम्मान प्रदान गरेका छ । उक्त समारोहका बोल्दै मन्त्री श्रेष्ठले डिजिटल माध्यमलाई आत्मसाथ गर्दै आयोजना हुन लागेको “शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” टेलिभिजन शो निक्कै अर्थपूर्ण रहेको बताए । टिकटकका माध्यमवाट समाजमा नकरात्मकता कुराहरु मात्रै बढी प्रवाह भैईरहेको भन्ने खाल्का तिता टिप्पणीलाई “शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” तोड्ने विश्वास रहेको बताए ।

प्रस्तुत कार्यक्रम नेपाली कला संस्कृति तथा साहित्यको सम्वर्धन, नेपालमा छरिएर रहेका प्रतिभाको उच्चतम कदर, सांस्कृतिक विविधतालाई एकिकृत गर्न, हाल उपयोग भई रहेको प्रविधिलाई प्रोत्साहन गर्ने, अभिनय कला संगीतको माध्यमबाट योगदान दिनेहरुलाई लक्षित गरी तयार पारीएको रियालिटी शो हो ।

साथै कार्यक्रमले टिकटकको प्रयोगकर्ताहरुलाई साकारात्मक र सन्देश्मुलक भिडियो बनाउन प्रोत्साहन गर्ने तथा सामाजिक सञ्जालको जीवनमा उपयोग तथा मानवीय जीवनमा यसको उपयोगलाई कसरी महत्व दिन्छ भन्ने कुराहरु सिकाउने लक्ष्य रहेको कुरा आयोजक टिमले जानकारी गराउनु भयो ।

कार्यक्रमको अडिसन भने टिकटकको डिजिटल प्ल्याटफर्म मार्फत हुनेछ जसमा प्रतिस्पर्धीहरु मार्फत प्राप्त भएको अडियोभिडियोको आधारमा छनौट गरिनेछ । अडीसनमा १० वर्ष भन्दा माथिका सबै वर्ग उमेर समुहले आवेदन दिन पाउनेछन । यस् कार्यक्रममा भाग लिनका लागि भने प्रतिस्पर्धीहरुले आवेदन फारम भर्दा रु ५०० दस्तुर तिरी सहभागी हुन पाउनेछन । आफ्नो भिडियो सामाग्रीहरु पठाउदा कम्तीमा १५ सेकेण्डदेखी ३ मि सम्म समयवधि तोकिएको छ । भिडियो पंठाउदा कुनै वर्ग, जात, धर्म, लिंग, व्यक्ती वा समुहलाई असर पार्ने गरी प्रत्यक्ष वा अप्रत्यक्ष गाली गलौच गर्न पाइने छैन । भिडियोमा एक वा सामुहिक रुपमा ३ जना भन्दा बढी सहभागी हुन पाउनेछैन ।

कार्यक्रमको बिजेताले प्रथम देखि दशौँ स्थानसम्म पुरस्कारका रुपमा कार, मोटरसाइकल, स्कुटी, क्यामेरा, ल्याप्टप, टिभी, मोबाइल घडी लगायतका उपहार प्राप्त गर्ने शोका निर्देशक हरी शर्माले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।

टिकटकलाई पनि कला क्षेत्रमा राम्रा प्रतिभा उत्पादन गर्ने प्लेटफर्म बनाउंन सकिन्छ भन्ने उदेशयका साथ कार्यक्रम आयोजना गर्न लागिएको शिखर नेपालका अध्यक्ष शेखर खनालले जानकारी गराए । नाईस टेलिभिजन एचडीबाट प्रशारणमा आउंने शोमा टेक प्रसाद बास्तोला निर्माताका रुपमा रहेका छन् । गायन, नृत्य, अभिनय तथा क्रियटिभ प्रस्तुति रहने भिडियो १५ सेकेण्ड देखि ३ मिनेट सम्मको हुनुपर्नेछ भने अनलाईन अडिसनको समय मंसिर मसान्तसम्म आव्हान गरिएको छ ।

Must View