नागरिक पोष्ट News


संयुक्त राष्ट्रसंघ भन्छन् : म्यानमारका ३० लाख मानिसको जीवन जोगाउने सहयोगको आवश्यकता भयो

623

एजेन्सी : संयुक्त राष्ट्रसंघले म्यानमारमा रहेका ३० लाख मानिसहरुको जीवन जोगाउने सहयोगको आवश्यकता रहेको जनाएको छ । राष्ट्रसंघीय अधिकारीहरुले म्यानमारमा सैनिक शासन लागूभए पछि मानवीय संकट थप फैलिएको जनाएका छन् ।

राष्ट्रसंघको मानवीय सहायतासम्वन्धी प्रमुख मार्टीन ग्रिफिथसले सैनिक नेतृत्वले जवरजस्ती शासन लागू गर्ने, द्धन्द्ध बढ्दै जाने र आर्थिक संकट बढ्ने गरेकाले मानवीय सहायताको आवश्यकता पनि बढेको उल्लेख गरेको छ । म्यानमारमा गत फेब्रुअरी १ मा सैनिक नेतृत्वले चर्चित नेतृ आङ साङ् सुकी सहित तत्कालिन सरकार र राजनीतिक दलका अगुवाहरुलाई नियन्त्रणमा लिँदै सत्ता कब्जा गरेको थियो । शान्तिपूर्ण निकासको प्रयास नभएको र अन्त्यहिन द्धन्द्ध भइरहेकाले मानवीय सहायता आवश्यक पर्नेहरुको संख्या  दिनप्रतिदिन बढ्दै गएको छ ।

मानवीय सहायत प्रमुख मार्टीनले म्यानमारका मर्कामा परेका जनतालाई तत्काल सहयोग उपलब्ध गराउन सवैलाई आह्वान गरेका छन् । निर्वाचनको नतिजाप्रति असन्तुष्ट रहेको सेनाले फेरि निर्वाचन गराउन भन्दै सत्ता कब्जा गरेर संकटकाल समेत घोषणा गरेको थियो ।

Must View