नागरिक पोष्ट News


नेप्से ८० अंकले घट्यो, ६ अर्ब ५२ करोड रुपैयाँको कारोबार

581

काठमाडौ : शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ८० अंकले घटेको छ । नेप्से आज ७९ दशमलव ७९ अंकले घटेर दुई हजार सात सय ४९ दशमलव ८५ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेको छ । बैंकिङ क्षेत्रको शेयर ३५ अंकले, होटलको एक सय १७, विकास बैंकको दुई सय ९७, हाइड्रोपावरको एक सय एक र फाइनान्स समूहको शेयर एक सय ४४ अंकले घटेको छ । यस्तै निर्जीवन बीमा समूहको शेयर ४ सय ६४ अंकले  माइक्रोफाइनान्सको एक सय ५७ र जीवन बीमा समूहको शेयर तीन सय ७९ अंकले घटेको छ । आज दुई सय २५ कम्पनीका एक करोड १९ लाख कित्ता शेयर ६ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको २९ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि मानुषी लघुवित्त, साहस ऊर्जा र तेह्रथुम पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।  

Must View