नागरिक पोष्ट News


२० महिनापछि अमेरिकी सीमा खुल्दै, खोप लगाएकाहरु जान पाउने

637

काठमाडौं – अमेरिकाले २० महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै आजदेखि पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई आफ्नो सीमा खुला गर्दैछ ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिडका कारण सन् २०२० को मार्च महिनामा प्रतिबन्ध लगाउनु भएको थियो । बेलायत र युरोपेली सङ्घका देशसहित ३० वटाभन्दा बढी देश अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक पुनर्मिलन हुन पाएको थिएन र पर्यटन क्षेत्रमा ठूलो धक्का पुगेको थियो ।  नयाँ नियमसँगै विमानसेवाले आगन्तुकहरूको आउनेजाने क्रम बढ्ने अपेक्षा गरेका छन् । अब यात्रुहरूले उड्नु अगावै पूर्ण मात्रा खोप लगाएको प्रमाणपत्र, यात्राको तीन दिनभित्रको कोभिड निगेटिभ देखिएको परीक्षण र आफ्ना सम्पर्क विवरणहरू बुझाउनुपर्नेछ । तर उनीहरू क्वरेण्टीन बस्नुपर्ने छैन ।

कोभिड फैलनबाट रोक्ने उद्देश्यले सन् २०२० को सुरुतिरै चिनियाँ यात्रुहरूलाई अमेरिका आउन रोकिएको थियो र त्यसपछि प्रतिबन्ध अन्य देशका लागि विस्तार गरियो । अब क्यानडा र मेक्सिकोसँगको जमिनतर्फको सीमा पूर्ण खोप लगाएकालाई खुला गरिने बीबीसीले जनाएको छ ।  

Must View