नागरिक पोष्ट News


देशैभरी चिसो बढ्यो, कुन स्थानको तापक्रम कति ?

707

काठमाडौं ।  नेपालमा हाल नेपालमा अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । उपत्यकाको सोमबारको न्युनतम् तापक्रम ९.२ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्युनतम् तापक्रममा कमी आएसँगै वायुको गुणस्तर कम भएको वातावरण विभागको तथ्याङकमा उल्लेख छ । सोमबार सबैभन्दा कम जुम्लामा माइनस १ डिग्री सेल्सियस तपक्रम मापन गरिएको महाशाखाले जनाएको छ । 

त्यस्तै, धनगढीको १५.३ डिग्री सेल्सियस तापक्रम रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ । सोमबार २४ घण्टाको न्युनतम तापक्रम विराटनगरमा १५.२, सिमरा १५.५,  महेन्द्रनगर १३ र जुम्लामा माइनस १ डिग्री सेल्सियस रहेको थियो । त्यसैगरी काठमाडौंको अधिकतम् तापक्रम २३.८ डिग्री सेल्सियस रहेको थियो । यसरी तापक्रममा कमी आएसँगै त्यस क्षेत्रको वायुको गुणस्तर स्वास्थ्यका हिसावले हानिकारक बनेको महाशाखाले जनाएको छ ।

वातावरण विभागको तथ्याङकअनुसार महेन्द्रनगर क्षेत्रको पार्टिकुलेट म्याटर २.५ माइक्रोनभन्दा सानो वायुको गुणस्तर १३८ माइक्रोग्राम प्रतिमिटर क्युव रहेको छ । यो स्वास्थ्यका हिसावले हानिकारक मानिन्छ । विभागले १०० देखि १५० माइक्रोग्राम प्रतिमिटर क्युवसम्मलाई अस्वस्थकर वायु मापन गरेको छ । 

Must View