नागरिक पोष्ट News


आम नेपाली टेलिभिजन र रैथाने चुल्होको घोर आपति नाम जुधाएर कार्यक्रम गर्ने प्रति कानुनी कारबाही

742

काठमाडौं – आम नेपाली टेलिभिजन र रैथाने चुल्होको संयुक्त आयोजनामा चौरासी व्यञ्जन कार्यक्रम देशैभरि सञ्चालन भई रहेको छ । हाम्रो संस्कृति, हाम्रो खानपान चौरासी व्यञ्जन, भन्ने मुलमन्त्रका साथ मौलिक खानाको बिकास तथा प्रर्बद्धन गर्ने उद्देश्यले आम नेपाली टेलिभिजन र रैथाने चुल्होको संयुक्त आयोजनामा चौरासी व्यञ्जन कार्यक्रम सातै प्रदेशमा सञ्चालन भएको हो  । तर गत कार्तिक १७ गते काठमाडौंको महाराजगञ्जमा रहेको अर्थब बिजनेस  कलेज र ग्यास्ट्रोनोमी एसोशिएसन अफ नेपालको संयुक्त आयोजनामा चौरासी व्यञ्जन कार्यक्रम गरिएको थियो ।  

221940681_5742002922537007_6121914228870320887_n.jpg

अर्थब बिजनेस कलेज र ग्यास्ट्रोनोमी एसोशिएसन अफ नेपालको संयुक्तमा गरिएको चौरासी व्यञ्जन खाना कार्यक्रम प्रति आम नेपाली टेलिभिजन र रैथाने चुल्होले घोर आपति जनाएको छ । आफुहरुले मौलिक खानाको बिकास तथा प्रर्बद्धन गर्ने उद्देश्यले चौरासी व्यञ्जन कार्यक्रम देशै भरि सञ्चालन गर्दै आएकाले कसैले पनि चौरासी व्यञ्जन नाम भएको उस्तै कार्यक्रम गर्न नमिल्ने आम नेपाली टेलिभिजनका अध्यक्ष राजकुमार हुमागाई र रैथाने चुल्हो अध्यक्ष प्रेम लाल घिसिङले बताउनुभयो । यस्तो एउटै नाम गरेको कार्यक्रम गर्नेलाई कानुनी कारबाही गर्न आफुहरु पछि नहट्ने उहाँहरुले बताउनुभयो । 

253411268_945709803025642_5649228613314926570_n.jpg252779208_3117101321895020_5948141306231081109_n.jpg

सातै प्रदेशमा ३ वर्ष सम्म आम नेपाली टेलिभिजन र रैथाने चुल्होको संयुक्त आयोजनामा चौरासी व्यञ्जन कार्यक्रम हुने भएकाले चौरासी व्यञ्जन कार्यक्रम व्यवसायिक प्रयोजनका लागि कुनै पनि संस्था वा व्यक्तिले यस्तो नाम राखेर कार्यक्रम सञ्चालन गरेको पाईएमा कानुनी कारबाही हुनेछ । news sources : aamnepalitv

Must View