नागरिक पोष्ट News


रचनाले मिलाउन नसकेको समय

1.1K

काठमाण्डौँ - कुनै पनि कार्यक्रममा ढिलो गरि पुग्ने वा आउँछु भनेर आउँदै नआउने रोग नेपाली कलाकारहरुको पुरानै हो । केही दिन अगाडि मिडियाकर्मीलाई करिब ४ घन्टा कुराएर नायक तथा मोडल पल शाह मिडिया भेटघाटमा पुगेका थिएनन् । पछि, उनी आफू निकट केही पत्रकारलाई मात्र अन्तरवार्ता दिन ढिलो गरी कार्यक्रममा पुगेको चर्चा सेलाएको छैन । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बुधबार आयोजित एक कार्यक्रममा मिडियासँग कुरै गर्दिनँ भनेर हिडेकी थिइन् ।

बुधबार नै ‘खुशी बाँडे बढ्छ खुशी’ बोलको दशैं तिहार गीत सार्वजनिक कार्यक्रममा गायिका रचना रिमाल पनि ढिलो पुगिन् । यो गीतकी गायिका रचना कार्यक्रम सकिनै लाग्दा पुगेकी थिइन् । उनले ढिलो आएको भन्दै माफी मागिन् ।

Must View