नागरिक पोष्ट News


युरोप फेरी कोरोना महामारीको केन्द्रमा छ : डब्ल्यूएचओ

1K

काठमाडौ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युरोप फेरी कोरोना महामारीको केन्द्रमा रहेको बताएको छ । कोरोना भाइरसका नयाँ संक्रमितको संख्या बढिरहेकाले युरोपमा फेरी कोरोना महामारी फैलन सक्ने डब्ल्यूएचओले जनाएको छ ।

डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुग्अले आउँदो फेब्रुअरी सम्ममा युरोप महादेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच लाखभन्दा धेरै हुनसक्ने अनुमान गरिएको बताउनुभयो । क्लुग्अले खोप पर्याप्त नलगाउँदा संक्रमित बढेको भन्दै खोप अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभभयो । 

Must View