कोरोना भाइरसविरुद्धको खाने चक्कीलाई बेलायतले दियो अनुमति
काठमाडौ : कोरोना भाइरसको संक्र्रमणका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतले औषधि नियामक निकायले अनुमति दिएको छ । ‘मोल्न्यूपिरभीर’ चक्की कोरोना भाइरसको संक्र्रमणबाट जोखिम समूहमा पर्ने बिरामीलाई दिनमा दुई पटक दिइनेछ ।
सुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको यो चक्कीले अस्पताल भर्ना हुनुपर्ने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणबाट देखिएको छ । बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले दुर्बल तथा रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसका लागि यो औषधि महत्वपूर्ण हुने बताएकोे छ । कोरोनाका बिरामीलाई घरमै लैजान सक्ने एन्टिभाइरललाई अनुमोदन गर्ने बेलायत विश्वकै पहिलो देश बनेको स्वास्थ्यमन्त्रीको वक्तव्यमा उल्लेख छ । ‘
मोल्न्यूपिरभीर’ अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्युटिक्सले बनाएको हो । यो औषधि सुईको रूपमा लिनुभन्दा खान सकिनेछ । मध्यम सम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने कारक भएका, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा यो औषधि प्रयोगको अनुमति दिइएको बेलायतको औषधि नियामक एमएचआरएले जनाएको छ ।