नागरिक पोष्ट News


लक्ष्मीपूजाका अवसरमा फूलको खपत बढ्यो

861

काठमाडौं – यमपञ्चक अन्तर्गत लक्ष्मीपूजाका अवसरमा फूलको खपत बढेको छ । 

लक्ष्मीपूजाका दिन घर पसल लगाएतका स्थानमा पूजा गर्नका लागि फूलको खपत बढेको हो । अन्यदिनको तुलनामा काठमाडौंका बिभिन्न चोक फूलको व्यापार गर्नेको संख्या पनि धेरै देखिएको थियो भने फूल किन्नेको चहलपहल पनि बढेको थियो ।

तिहारमा पूजाका लागि सयपत्री र मखमलीलगायतका फूलको किनबेच धेरै हुने गरेको छ । तिहारमा मखमली मालाको माग भने स्वदेशी उत्पादनले नै धान्न आकंलन भएपनि सयपत्री फूलको मालाको माग धान्न भने स्वदेशी उत्पादन पर्याप्त नरहेको व्यवसायीहरुको भनाई छ ।  

Must View