नागरिक पोष्ट News


चिनियाँ राजदूत यान्छीद्धारा नेपाल सरकारलाई १६ लाख डोज खोप हस्तान्तरण

616

काठमाडौं : चीनले अनुदानमा दिएको १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गर्नुभएको हो ।

खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री खतिवडाले यसबर्ष भित्रै सवै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाउने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउनु भयो । उहाले हालसम्म नेपाललाई चीनबाट ३४ लाख डोज खोप अनुदान सहायता अन्तर्गत प्राप्त भएको र जनमुक्ति सेना मार्फत अनुदानमा नै ३ लाख डोज थप अनुदान प्राप्त हुन लागको जानकारी दिनुभयो । त्यस्तै उहाँले द्धिपक्षीय खरिद प्रक्र्रिया मार्फत १ करोड खोप नेपाल आएको बताउनुभयो ।

vlcsnap-2021-11-03-14h57m07s244.png

मन्त्रि खतिवडाले आगामी दिनमा पनि चीनको निरन्तर सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै चिनियाँ राजदूत होउ यान्छीले नेपालमा कोरोना नियन्त्रण र रोकथामका लागि सदैव सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Must View