नागरिक पोष्ट News


अप्टिमिष्टद्धारा तिहार, नेपालसम्वत् तथा छठ पर्वको शुभकामना आदानप्रदानसँगै सामाजिक विषयवस्तुमा अन्तरक्रियाको शुरुवात

2.1K

काठमाण्डौँ - अप्टिमिष्ट क्लब अफ काठमाण्डौले Meet & Greet  कार्यक्रम काठमाण्डौमा सम्पन्न गरेको छ । क्लबले सम्पूर्ण अप्टिमिष्टहरुको समय समयमा भेटघाट गरी एक आपसमा आपूmले आफ्नो क्लबहरुले गरेका कार्यक्रमहरुबाट सिकेका अनुभव गरेका कुराहरु साटासाट गर्न सकियोस र आगामी कार्यक्रमहरुका लागि पनि छलफल गर्न सकियोस भन्ने उद्देश्य सहित योMeet & Greet कार्यक्रमको सोच ल्याएको र  यसलाई अन्य क्लबहरुबाट समेत निरन्तरता दिइने जनाएको छ । अप्टिमिष्ट ईन्टरनेशनलले कार्यक्रम गर्दा औपचारिकतालाई त्यक्ति महत्व दिने नगरेकोले त्यसैलाई अनुसरण गर्दै उक्त कार्यक्रम पनि अनौपचारिक रुपमा सञ्चालन गरिएको स्वागत मन्तव्य राख्नुहुने अप्टिमिष्ट क्लब अफ काठमाण्डौका अध्यक्ष रीना श्रेष्ठले बताउनु भएको थियो ।

सामाजिक विषयवस्तुमा केन्द्रित रही हरेक पटक फरक विषयवस्तुमा कार्यक्रम गर्ने योजना सहित पहिलो पटक कोभिड १९ मा आईसिटीको प्रयोग अवसर वा चुनौतीू भन्ने विषयमा केन्द्रित रहेको थियो । अहिलेको युग भनेको आइसिटीको युग हो यसमा दुई मत छैन । आईसिटीको प्रयोगले देश विकासमा ठूलो भूमिका निर्वाह गरेको छ । कोभिड १९ मा बालबालिकाहरु स्क्ूल, कलेज जान नसक्ने स्थितिमा आईसिटीको प्रयोगले घरमा नै बसेर पढाई निरन्तर गर्न सकेको छ । यो अहिलेको प्रयोग हो तर व्यवहारिक रुपमा यो कतिको उपयोग छ र यसका चुनौती के के रहेछ यसले बालबालिकामा कस्तो असर परेको छ भन्ने बारेमा कार्यक्रममा यस क्षेत्रका विज्ञ, अनुभवी र सहभागीहरुबाट छलफल गरिएको थियो ।

कार्यक्रमको शुरुवातमा अप्टिमिष्ट ईन्टरनेशनलका गर्भनर तथा नेपालका संस्थापक गर्भनर उदय कुमार निरौलाले अप्टिमिष्ट ईन्टरनेशनलको परिचय, उद्देश्य तथा भावी कार्यक्रमको प्रस्तुति सहितको आफ्ना भनाइहरु व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विशेष वक्ताका रुपमा आमन्त्रित काठमाण्डौ महानगरपालिकाको सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले कोभिड १९ले बालबालिकाको शिक्षामा पारेको प्रभाव, चुनौती र नियन्त्रण तथा रोकथाम र प्रभावकारिताका लागि कामनपाले गरेको कामको बारेमा आफ्नो अनुभव बताउनुभयो । त्यस्तै कोभिड १९ले सुशासनलाई प्रोत्साहन र विकास गर्न दबाब सिर्जना भएको, वातावरण संरक्षण र सामाजिक सद्भावमा वृद्धि भएको, सूचना तथा प्रविधिको प्रयोग र विकासमा वृद्धि भएको, स्थानीय सरकारले आपतकालिन अवस्था र प्राकृतिक रुपमा आउने विभिन्न किसिमको अवस्था बारे अध्ययन अनुसन्धान गरी पूर्व तयारी गर्नुपर्ने लगायतका कुराहरु अनुभव गरेको बताउनुभयो ।

त्यस्तै क्यान महासंघका उपाध्इक्ष खुशल रेग्मीले बालबालिकाको वृद्धि विकासमा आई सिटीको ठूलो भूमिका रहेको बताउँदै क्यान महासंघले हातेमालो गरी काम गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

वरिष्ठ सञ्चारकर्मी कुसुम बज्रचार्यले अप्टिमिष्टको उद्देश्य धेरै राम्रो लागेको र आपूm पनि यसमा सदस्यता लिई सहकार्य गर्ने विचार व्यक्त गर्नुभयो । आईसिटीमा आफ्नो अनुभव सहित आमन्त्रित अतिथिहरु डेज फर गल्र्सका कन्ट्री डाइरेक्टर माया खाइतु, नेपाली काँग्रेस महिला ईकाई सभापति तथा समाजसेवी बोध कुमारी धोरासैनी, उमेन इन आईसिटी क्यानका अध्यक्ष शीला कंसाकार कार्की, संगिनी महिला वचत तथा ऋण सहकारीका अध्यक्ष राधा बोहोरा, अप्टिमिष्ट क्लब चितवनका अध्यक्ष ऋषेश्वर थपलियाले सम्पूर्ण उपस्थित अप्टिमिष्टको प्रतिनिधित्व गरी तिहारको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा साथी संगी नेपालका सचिव शक्ति श्रेष्ठ, वडा नं १ का वडा सदस्य मीना दियाली सुनार, नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका उपाध्यक्ष अप्सरा गौतम र सदस्यहरु मीना यादव, प्रदेश कमिटी सदस्य आज्र्या न्यौपान, आईसिटी खबर डटकम तथा नागरिक पोष्ट डटकमका सावित्री बस्नेत आदिको उपस्थिति रहेको थियो ।

त्यस्तै काठमाण्डौ भ्याली अप्टिमिष्ट क्लबका अध्यक्ष रविन्द्र थापा, अप्टिमिष्ट क्लब अफ वाग्मतीका अध्यक्ष प्रकाश घिमिरे, अप्टिमिष्ट क्लब अफ काठमाण्डौका दिपक बाबु मैनाली, रुष्मा गौतम लगायतका सदस्यहरुको उपस्थिति रहेको थियो । प्रश्न उत्तर कार्यक्रममा अप्टिमिष्टको उद्देश्य राम्रो लागेको र सहकार्य र सदस्य हुन ईच्छुक रहेको सहभागीहरुले बताएका थिए । कार्यक्रम प्रस्तोता तथा अप्टिमिष्ट क्लब अफ काठमाण्डौका अध्यक्ष रीना श्रेष्ठले आफ्नो टीमको समय सकेकोले अप्टिमिष्ट ईन्टरनेशनलका सचिव पृथ्वीराज थापा सहितको नेतृत्वलाई नेतृत्व हस्तान्तरण गरेको थियो भने कार्यक्रम समापन सहितको मन्तव्य नव निर्वाचित अध्यक्ष थापाले नै दिनुभएको थियो । 

 

Must View