नागरिक पोष्ट News


उपत्यकाबाट तिहारमा घर जानेलाई कोभिड विरुद्धको खोपको व्यवस्था

637

काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणका लागि सरकारले उपत्यकाबाट तिहारमा घर जानेलाई कोभिड विरुद्धको खोपको व्यवस्था गरेको छ । उपत्यकाका कोटेश्वर, गंगबु, कलंकी लगाएका स्थानमा उपत्यकाबाट बाहिर जाने सर्वसाधारणका लागि कोभिड बिरुद्धको खोप लगाउने व्यवस्था गरेको हो । खोप कार्यक्रम बुधबार सम्म चल्ने स्वास्थ्य सेवा बिभागले जनाएको छ ।

बिभागले एस्ट्राजेनेका र भेरोसेलको खोपको व्यवस्था गरिएको पनि जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना रोकथामका लागि खोप अभियानलाई बिभिन्न चरणमा निरन्तरता दिएको र खोप अभाव नभएको जनाएको छ । 

Must View