नागरिक पोष्ट News


नेप्से झन्डै २३ अङ्कले बढ्यो, ६ अर्ब सात करोड रुपैयाँको कारोबार

1.1K

काठमाडौ : शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार २३ अङ्कले बढेको छ । नेप्से आज २३ दशमलव ७६ अङ्कले बढेर दुई हजार आठ सय ४३ दशमलव ६२ विन्दुमा पुगेको छ ।

आज बैंक, व्यापार र लगानीबाहेक अरू सबै समूहको शेयर उकालो लागेको छ । बीमा, विकास बैंक, होटल र अन्य समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो सोमवार सात अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा आज ९९ लाख ७७ हजार कित्ता शेयर ६ अर्ब सात करोड रुपैयाँमा किनबेच भएका छन् । आज साहस ऊर्जा कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि विशाल बजार कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै तीन प्रतिशतले घटेको छ ।  

Must View