नागरिक पोष्ट News


मनमैजुको नासाल चोकमा छाला रोगको निःशुल्क परिक्षण तथा औषधि वितरण हुने

1K

१२ कात्तिक, काठमाडौं । उमङ्ग मनमैजु क्रुको आयोजनामा तारकेश्वर नगरपालिका वडा नं। ९ र १० को सिमानामा रहेको मनमैजु पुरानो वस्तीको नासाल चोकमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । कात्तिक १७ गते बुधबारका दिन शुभ दिपावली, नेपाल सम्वत् ११४२ तथा छठ पर्वको अवसरमा हुन लागेको स्वास्थ्य शिविर कार्यक्रममा छाला रोग विशेषज्ञ डा। कुनल शाहले बिरामीको छालाको परिक्षण गर्नुहुनेछ ।

अनलाइन मेडिकल हल एण्ड स्किन केयर सेन्टर, गोंगबु–११, मनमैजु पुलको सहयोगमा मनमैजु नासलचोक प्राङगणमा बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म छाला सम्बन्धि रोगको निशुल्क परिक्षण तथा निःशुल्क औषधि वितरण कार्यक्रम सञ्चालन गर्न लागेको हुँदा समस्त महानुभावहरुले छाला रोग सम्बन्धि निशुल्क परिक्षण गराई मौकाको फाइदा उठाउन उमङ्ग मनमैजु क्रुका अध्यक्ष बिक्रम महर्जनले बताउनुभयो ।

Must View