नागरिक पोष्ट News


तारकेश्वर २ मा नेकपा एकीकृत समाजवादीको वडा कमिटि घोषणा तथा चियापान कार्यक्रम सम्पन्न

0.9K

१२ कात्तिक, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं। २ मा आज नेकपा एकीकृत समाजवादीको वडा कमिटि गठन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रमले ३७ सदस्यीय वडा कमिटि गठन गरेको छ । भेलाले अर्जुन भण्डारी अध्यक्ष र सचिवमा शालिकराम ढकालसहित ३७ सदस्यीय वडा कमिटि गठन गरेको छ । भेलामा नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश इन्चार्ज साबित्रा भुषालको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बागमती प्रदेश सदस्य विष्णु अर्याल, नेकपा समाजवादी तारकेश्वर नगर कमिटि अध्यक्ष लवकुमार वस्नेत, काठमाडौं जिल्ला कमिटि सदस्य तथा तानपा वडा नं। २ का अध्यक्ष रविन्द्र केसी, तानपा वडा नं। ६ का अध्यक्ष मधु कार्की, नेता रामेश्वर देवकोटा, लक्ष्मी राई, वडा सदस्य जनप्रतिनिधिहरु र विभिन्न वडाका संयोजकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तानपा २ का अध्यक्ष रविन्द्र केसीले स्वागत मन्तव्य राख्दै तारकेश्वर २ मा एमालेको पहिलाको पार्टी भन्दा भर्खर बनेको नेकपा एकीकृत समाजवादी पार्टी ठुलो रहेको बताउनुभयो । एमालेमा छुटेकाहरुलाई पनि समाजवादीमा समाहित आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव जीवनराम श्रेष्ठले नेकपा विभाजन गर्ने खलनायक पात्र भनेकै केपी ओली हुन् जसले नेकपा एमाले पनि विभाजन गरे । ओलीले एमालेलेलाई दक्षिणपन्थी भासमा लगेपछि आफुहरुले विद्रोह गरेको श्रेष्ठले बताउनुभयो । हामी यो ३ महिने संगठन विस्तार अभियानपछि विद्रोहको पुष्टि गर्छौं । एमाले कम्युनिस्ट पार्टी होइन यो बुर्जुवामा रुपान्तरण भएको छ । जसले गर्दा विचार, सिद्धान्त सबै छाडेर व्यक्ति पुजा गर्न सिकाउँछ । एमालेको गोदावरी कुम्भ मेलामा केपीलाई ‘बा’ भनेर ओलीको पुजा गर्ने काम भयो । एमालेले नीतिप्रधान होइन, व्यक्ति प्रधान भनिरहेको छ । संसद् विघटन गर्ने एमालेले सांसद्हरुलाई गैह्र सांसद् देखिरहेको छ ।

कार्यक्रमका विशेष अतिथि साबित्रा भुषालले नवगठित वडा कमिटिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो । त्यस्तै तारकेश्वर नगर कमिटि अध्यक्ष लवकुमार वस्नेतले पनि कार्यक्रममा शुभकामना दिनुभएको थियो ।

शुभकामना मन्तव्य दिँदै तानपा वडा नंं ६ का अध्यक्ष मधु कार्कीले तारकेश्वर नगरपालिकाले पाँच वर्षसम्म पनि गुरुयोजना बनाउन नसकेको बताउनुभयो । गुरुयोजना नै नभएको नगरपालिकाले जनताको पक्षमा के नै काम गर्न सक्थ्यो र हामीले बारम्बार गुरुयोजना निर्माण गरौं भन्दा आफ्ना कुराहरुलाई नगरप्रमुखले बेवास्ता गर्ने गरेको बताउनुभयो । जनपक्षिय योजना बनाउन तिर नगरपालिका लागेन बरु अहिले त आफ्ना गुटका कार्यकर्ताहरुले भनेका योजनामा रकम विनियोजन गर्ने काम मात्र भएको बताए र तारकेश्वरका जग्गा प्लटीङ रोक्नुको सट्टा स्थानीय सरकारकै मिलेमतोमा भएको छ । नगरको गुरुयोजना निर्माण गरौं भन्दा हाम्रो कुरा कहिल्यै सुनिएन । हामीलाई आफ्नो क्षमताअनुसारको काम गर्नबाट रोक्ने काम मात्र भयो । कार्यक्रममा चियापन समेत भएको थियो ।

नवगठित कमिटिलाई प्रमुख अतिथिले सपथग्रहण गराएका थिए । विशेष अतिथि साबित्रा भुषालले खादा र नगर कमिटि अध्यक्ष लवकुमार बस्नेतले अबिरको टिका लगाइदिएका थिए ।

Must View