नागरिक पोष्ट News


सुर्यगढी गाउँपालिकामा जसपाको सुज अभियान उद्घाटन 

1.7K

नुवाकोट - जनता समाजबादी पार्टी ( जसपा) को संगठन सुदृढीकरण तथा जनजागरण अभियान कार्यक्रम अन्तर्गत देशब्यापी रुपमा चलिरहेको  सुदृढीकरण तथा जनजागरण (सुज ) अभियानको  सुर्यगढी गाउँपालिकामा उद्घाटन गरिएको छ । शुक्रबार  नुवाकोट जिल्ला संघीय निर्बाचन  क्षेत्र( १)  को प्रदेश (ख )  अन्तर्गत सुर्यगढी गाउँपालिकामा एक बिसेष कार्यक्रम गरी अभियानको उद्घाटन गरिएको हो। 

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य जेसिका लामा , सुज अभियान नुवाकोटका संयोजक डा. भिमलाल तामाङ्ग , संघिय परिसद सदस्य निमा ह्योल्मो , जिल्ला अध्यक्ष ईश्वर राउत लगायत सयौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। 

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य जेसिका लामाले  आफुहरु  जिवनको अत्यन्तै सङ्गिन मोडमा उभिएका भन्दै नेपालमा बर्गिय , जातिय , भाषीक , लैङ्गिक , तथा जातपात जन्य बिभेदको अन्त्यका लागि  पहिचान र अधिकार सहितको संघीयताका कुरा उठाएको बताउनु भयो ।   उहाले भन्नुभयो - "  हामी सबै जाती ,भाषा ,धर्म,संस्कृति बर्ण र लिङ्गका समुदायको मानबिय स्वतन्त्रता र आत्मसम्मानको रक्षा गर्नुपर्छ भन्ने पक्षमा छौ  ।  विभेद बाट मुक्ति सम्बन्धि हाम्रो पार्टीको  दृस्ठिकोण भनेको जस्तो समाज उस्तै राज्य निर्माण गर्नु हो । समाजवाद भनेको समानता ,स्वतन्त्रता ,सम्पन्नता भएको विभेद र शोषण नभएको राज्य ब्यवस्था हो। समाजवादमा उत्पादनका साधनहरु सामाजिक हित र स्वामित्वमा प्रयोग हुन्छ । समाजवाद निर्माण र बिकासको प्रक्रिया राजनैतिक क्रान्तिभन्दा दीर्घकालीन र जटिल हुने गर्दछ । देश बिस्तारै जसपामय बन्दैछ। "

कार्यक्रमले सुर्यगढी गाउँपालिका संयोजकमा मंगल बहादुर तामाङ्गलाई चयन गरेको छ ।  संयोजक को जिम्बेवारी पाएका तामाङ्गले गाउपालिका लाई जसपा मया बनाई आगामी निर्बाचनमा जसपाको जित सुनिस्चित हुने दाबि गर्नुभयो। 

Must View