प्रकाशमान सिंहद्धारा तत्काल पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता दिन माग
काठमाडौं - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको मुखमा सरकारले ग्यास र डिजेल लगायतका इन्धनको मूल्य बढाएर गल्ती गरेको बताउनुभएको छ ।
कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले जनतालाई राहत दिने ठाँउमा सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर जनतालाई मारमा पारेको बताउनुभएको हो । उहाले तत्काल पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता दिन माग गर्नुभयो ।
त्यस्तै उहाले कांग्रेसको नेतृत्व परिवर्तन नभएसम्म जनताले कांग्रेसलाई बिश्वास नगर्ने उल्लेख गर्नुभयो । उहाँले पटक पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पुरा गर्न नसक्ने नेतालाई पुन जिम्मेवारी दिए पार्टीको अवस्था अझै धेरै बिग्रने उल्लेख गर्नुभयो ।
उहाले केही जिल्लामा क्रियाशिल सदस्यता विवाद कायम रहेको भन्दै बिधि र बिधानका आधारमा समाधान गर्नुपर्ने र महाधिवेशन गर्नुपर्ने धारणा राख्नुभयो ।त्यस्तै नेता सिंहले न्यायलयमा देखिएको समस्या संविधान अनुसार समाधान हुनुपर्ने बताउनुभयो ।