नागरिक पोष्ट News


 सबै विकृति फैलाउने दल कांग्रेस भएको यादबकोआरोप  , भन्छन -  ' सहकार्य गर्नु निकै कठिन '  

1.7K

भोला दीप यात्री , काठमाडौँ -  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै विकृति फैलाउने दल कांग्रेस भएको आरोप लगाएका छन्।  जसपानिकट गैरभौगलिक विशेष प्रदेश समितिले काठमाडौंमा गरेको एक कार्यक्रममा सम्बोधन गर्दै यादबले यस्तो धारणा राखेका हुन।  यादवले बहुदल आएपछिका सबै विकृति फैलाउने दल कांग्रेस भएको आरोप लगाउँदै कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नु निकै कठिन भएको बताएका हुन् । कांग्रेससँग विकृतिबाहेक केही नभएको उनको भनाइ छ ।

 

उनले सरकार गठन भएको तीन महिनापछि मात्र आफ्नो पार्टी सरकारमा सहभागी भएकोे भन्दै तीन महिनाभित्र कांग्रेसले थाहा नै नदिईकन आफूनिकट व्यक्ति मात्र भर्ती गरेको आरोप लगाए । यादवले आफ्नो पार्टीले जनताको पक्षमा अधिकतम काम गर्ने पनि बताए । अहिले मुलुकको आर्थिक परिवर्तनका साथै सांस्कृतिक र सामाजिक परिवर्तन जरुरी रहेको धारणा उनले राखे ।

जनता समाजवादी पार्टी नेपाल निकट गैर भौगोलिक विशेष प्रदेशको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको  हो  । उल्लेख्य नेता तथा कार्यकर्ताको उपस्थितिमा  सभ्य र भव्यसँग शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न  भएको हो। कार्यक्रममा उपस्थित सबै कार्यकर्ता तथा शुभचिन्तकहरुले एक अर्कालाई शुभकामना आदान प्रदान गरेका थिए ।  गैरभौगलिक विशेष प्रदेश समितिका अध्यक्ष  इश्वर रिजाल को सभापतित्व मा सम्पन्नकार्यक्रममा पूर्व प्रधान मन्त्री  एबम  संघिय परिसदका अध्यक्ष  डा वाबुराम भट्टराई   सहितका केन्द्रिय नेता हरुको  आतिथ्यता रहेको थियो। 

केन्द्रिय तहका नेताहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा जसपा निकट बिभिन्न जनबर्गिय संगठनका इन्चार्ज सहित थुप्रै कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।  

Must View