नागरिक पोष्ट News


बलिउडमा जम्दै नेपाली ठिटो , टिप्नेश्वरको एक पछि अर्को सफलता 

7.4K

भोला दीप यात्री , काठमाडौँ - बलिउड धेरै नेपाली कलाकारको सपना हो।  आफ्नो सपना पुरा गर्न धेरै नेपाली कलाकारहरु बलिउड होमिएका पनि छन्।  ति मध्ये एकाध कलाकार बाहेक अरुले खासै माखो मर्न सकेका छैनन्। केहि कलाकारले भने  राम्रो छाप छोड्न र उतै स्थापित हुन पनि सफल भएका छन्।    त्यस्तै मध्येका एक हुन् बिराटनगरका टिप्नेश्वर यादब । 

काठमाडौँ मा +२ सम्मको अध्यान पुरा गरि उच्च अध्यानका लागि भारतको ब्याङ्ग्लोरमा रहेका यादबले  मोडलिङ्गको दुनियामा एक पछि अर्को सफलता हात पारिरहेका छन्।  यादब हालै सम्पन्न Mr and Miss Karunadu 2021 मा उनले Best Attitude को अवार्ड उचाल्न सफल भएका  हुन्।  त्यस्तै  Orchid Events ले आयोजना गरेको  Universal Peagant International मा Mr. Fashion Icon 2021 र  Mr Best Rampwalk 2021 को अवार्ड जित्न सफल भएका हुन् । 

सानै  देखि नै डान्स र मोडलिङ्ग मा सोख भएका यादबले यस अघि नै  Mr Karnataka Supreme 2019 मा 2nd runner up र Mr Karnataka Bangalore 2019  टाइटल जित्न सफल भै सकेका छन्। नेपाली ठिटोको बलिउडको यो सफलतालाई सबैले सक्दो सेयर गरि सम्मान गरौ।   

 

Must View