नागरिक पोष्ट News


सङ्घीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत सङ्ग्रहमा जाने रवीन्द्र मिश्रकाे प्रस्ताव पारित: पाण्डे समूह अदालत जाने

1.1K

काठमाण्डाै – विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बिहीवार बसेको बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले भर्खरै सार्वजनिक गर्नुभएको दस्तावेज ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ लाई अङ्गीकार गर्ने निर्णयलाई दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ ।

पालिकालाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको दस्तावेजलाई केन्द्रीय समितिका एक सय २४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रवीन्द्र मिश्रविरुद्ध मिलन पाण्डे समूह अदालत जाने

काठमाडौं – विवेकशील साझा पार्टी अध्यक्ष रवीन्द्र मिश्र समूहले बोलाएको बैठक अवैधानिक भन्दै संयोजक मिलन पाण्डे समूह अदालत र निर्वाचन आयोग जाने भएको छ । मिश्रले जुम बैठकमार्फत बिहीबार संयोजक पाण्डेको अधिकार कटौती गरेको घोषणा गरेलगत्तै सो समूह अदालत र निर्वाचन आयोग जाने घोषणा गरेका हुन् ।

निर्वाचन आयोगले जुम बैठकलाई मान्यता दिने कुनै पनि कानुन नभएकाले आफनो पक्षमा निर्णय हुनेमा पाण्डे विश्वस्त छन् । मिश्रले संघीयता र धर्मनिरपेक्षताकाबारेमा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेपछि विवेकशील साझामा कलह उत्पन्न हुँदै आएको छ ।

Must View