नागरिक पोष्ट News


मस्तिष्कघातका कारण धादिङमा काङ्ग्रेस नेता घलेको निधन

644

बाबुराम श्रेष्ठ, धादिङ-  मस्तिष्कघातका कारण नेपाली कांग्रेस धादिङका नेता तथा पूर्व जिल्ला कमिटी सदस्य जोमसाइ घलेको सोमबार  बिहान निधन भएको छ ।

धादिङको  रुबीभ्याली गाउँपालिका-२, तिप्लिङ स्थायी घर भएका घलेको ६५ वर्षको उमेरमा मस्तिष्कघातका कारण निधन भएको हो ।

शनिबार बेलुका करिब ८स्०० बजे उच्च रक्तचापले निकै असहज बनाएपछि उपचारको लागि तिप्लिङ स्वास्थ्य चौकीमा लगिएको र थप उपचारका लागि काठमाडौं लैजाने तयारी हुँदाहुँदै उहाँको निधन भएको  परिवार श्रोताले जनाएको छ ।

घले शैक्षिक, राजनीतिक तथा भौगोलिक रूपमा पिछडिएको धादिङका उत्तरी क्षेत्रका ग्रामीण भेगमा कांग्रेसका तर्फबाट राजनीतिक तथा सामाजिक जागरण फैलाउन पञ्चायतकालदेखिकै कृयाशिल नेता हुन् ।

भौगोलिक विकटताले गर्दा समयमा उपचार नपाउदा उनको मृत्यु भएको हो । घलेको निधनले नेपाली कांग्रेसको संगठन र लोकतान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति पुगेको छ ।  जोमसाइ घले नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्र नं। २ धादिङका क्षेत्रीय सदस्य एवम् नेपाल विद्यार्थी संघ, धादिङका पूर्वसचिव डेविड घलेका पिता हुन् ।

 

Must View