आज पनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
1.2K
काठमाडौं - हिजो भिटामिन ए क्याप्सुल र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै छ ।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई आज पनि जुकाको औषधि खुवाउन पाइने छ।
पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ए जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
देशभरका ५२ हजार केन्द्रबाट २७ लाख बालबालिकालाई भिटामिन एर २३ लाख ६० हजारभन्दा धेरैलाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ ।