नागरिक पोष्ट News


रुसमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु

665

रुसमा पछिल्लो समय सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ । यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु भएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा त्यहाँ १ हजार ७५ जनाको ज्यान गएको छ । यो संख्या यहाँ सङ्क्रमण सुरु भएपछिकै सबैभन्दा बढी हो ।

यहाँ यो भाइरसको सङ्क्रमणबाट २ लाख २९ हजार ५२८ जनाको ज्यान गएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यहाँ भाइरसबाट ज्यान जानेहरुको संख्या बढ्दो रहेको छ । शनिबार यहाँ ३७ हजार ६७८ जना यो सङ्क्रमणबाट सङ्क्रमित भएको जनाइएको छ । यो समेत गरी रुसमा ८२ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् ।

त्यस्तै जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ । जसअनुसार- देश सङ्क्रमितको सङ्ख्या :

विश्व २४३,४३६,१४२ अमेरिका ४५,४२७,५३९ भारत ३४,१७५,४६८ ब्राजिल २१,७२३,५५९ बेलायत ८,७७५,८८९ रूस ८,११२,९९९ टर्की ७,८२६,९८३ फ्रान्स ७,२२१,९६९ इरान ५,८५१,६७० अर्जेन्टिना ५,२७९,८१

Must View