शुक्रबारदेखि लाइसेन्सको नयाँ आवेदन खुलाउने विभागको तयारी
728
काठमाडौं । यातायात व्यवस्था विभागले यही सातादेखि लाइसेन्सको नयाँ आवेदन खुलाउने भएको छ । विभागनले झण्डै ६ महिनापछि आवेदन खुलाउने तयारी गरेको हो ।
विभागका महानिर्देशक नमराज घिमिरेले शुक्रबारदेखि नयाँ आवेदन फारम खुलाउने तयारी गरेको जानकारी दिएका छन् । उनका अनुसार आवेदन खुलेपनि ट्रायलको पालो भने पुसभन्दा अघि हुन सम्भव नरहेको पनि बताएका छन् ।
कोरोना महामारीको दोस्रो लहरसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको आवेदन बन्द छ । विभागले ट्रायल पास भएकालाई पनि स्मार्ट लाइसेन्स दिन सकिरहेको छैन् । विभागले तिहारपछि मात्रै स्मार्ट लाइसेन्सको छपाई थाल्ने जनाएको छ ।