नागरिक पोष्ट News


लोक गायक राजु परियारलाई “लोक स्वर सम्राट्”को उपाधि

2.3K

काठमाडौं– लमजुङमा जन्मिएर राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्यातीप्राप्त लोक तथा दोहोरी गायक राजु परियारलाई ‘लोक स्वर सम्राट’ को उपाधि दिइएको छ । पोखरामा आयोजित राष्ट्रिय गण्डकी म्युजिक अवार्ड वितरणका क्रममा लोकगायक परियारलाई लोक स्वर सम्राट घोषणा गरिएको हो । पुष्पाञ्जली स्टुडियो पोखराले शुक्रबार पोखरामा आयोजना गरेको राष्ट्रियस्तरको गण्डकी म्युजिक अवार्ड–२०७८ वितरण क्रममा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल, स्टुडियोका प्रवन्धत निर्देशक कृष्णप्रसाद गौतमलगायतले सम्मान गरेका थिए ।

लमजुङको बेंसीसहर नगरपालिका २, चिसापानीमा जन्मिनुभएका परियार २ दशकयता नेपाली लोक संगीतको क्षेत्रमा क्रियाशील रहनुभएको छ । नेपाली सांगीतिक क्षेत्रमा सम्भवतः सवैभन्दा बढी गीत गाउने गायकका रुपमा उहाँलाई लिईने गरेको पाहिन्छ ।

तपाईलाई लोक सम्राट्को रुपमा समान गर्दा कस्तो लगेको छ भन्ने प्रश्नमा राजु भन्नु हुन्छ । “समानित हुन पाउदा खुशी लागेको छ । यो सम्मान मेरो लागि मात्रै नभएर सिङ्गो लोक संगीतलाई गरिएको सम्मान हो ।” उहाँले भन्नु भएको छ । यस्ता सम्मान र उपाधिले नेपाली लोक संगीतको क्षेत्रलाई अझै फराकिलो बनाउन मदत पुग्ने उहाँले भन्नु भयो । उहाँले पाएको सम्मानमा बरिस्ठ लोक गायिका हरिदेवि कोईरालाले लोक स्वर सम्राट् लागि राजु परियार एकदमै योग्य ब्यक्ति भएको भन्दै खुलेर तारिफ गर्नु भएको थियो । सोहि अवार्ड कार्यक्रमका गायिका कोईरालाले लाईफ टाइम अचिभमेन्ट अवार्ड पाउनु भएको छ ।

Must View