नागरिक पोष्ट News


साङ्गला एमालेको वडा अधिवेशन भव्यताका साथ सम्पन्न , ३१ जनाको कमिटि गठन (सूचिसहित)

1K

नेकपा एमाले को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भएको छ । जस अनुसार तारकेश्वर नगरपालिकाका वडाहरुमा भव्यताकासाथ वडा अधिवेशन भएको छ । अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको थियो ।

तारकेश्वर नगर उपप्रमुख भवानी डोटेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन बागमति प्रदेशका संयोजक कुमार प्रसाद तिमलसिना , वडा अध्यक्ष बिदुर सापकोटा , नगर कमिटि सदस्य प्रलाद बुढाथोकी ,राजकुमार अच्छामी , भरत भट्ट , सुमन कार्की , अर्जुन अधिकारी , बिमला मंग्रान्ती , किसान नेता शम्भु कार्की , अग्रज नेता राजु नेपाल , प्रेस चौतारी काठमाडौका अध्यक्ष पुकार तिमलसिना लगायतको उपस्थीती रहेको थियो ।

वडा कमिटिका सचिव प्रकाश ढकालद्धारा संचालित सो कार्यक्रमका बक्तmाहरुले साङ्गलाको समग्र बिकाशमा एमालेको अवको भूमिका र दायीत्व बारे चर्चो परिचर्चो गरेका थिए ।

वडा अधिवेशनले गोपाल सापकोटालाई अध्यक्ष , रमेश तामाङ्गलाई उपाध्यक्ष , प्रकाश ढकाललाई सचिव , रिंकि अधिकारी र लक्ष्मी के.सीलाई उपसचिव , रामकुमार अधिकारीलाई कार्यालय सचिव गरि ३१ जनाको वडा कमिटि चयन गरेको छ ।

हेर्नुहोस ३१ जनाको वडा कमिटिको नामावली :

 

 

Must View