नागरिक पोष्ट News


घर बिगार्न ठूलो रोल खेल्ने आफन्त नै हुन् नत्र पराईलाई के थाहा तपाईको कहाँनेर कम्जोर छ भनेर

1.4K

१ सान्त्वना मिल्यो भन्दैमा आफ्नो आंशु अरु कसैलाई पुछ्न नदिनुस्। समाजमा तपाईंको आंशु पुछ्नेभन्दा पनि आंशु पुछने वहानामा  आंशुको व्यापार गर्नेहरु बढी भेटिने छन्। दु:ख उसैलाई सुनाउंनुस् जसले तपाईंको जस्तै दु:ख बाट गुज्रेको होस् वा  तपाईंको वास्तवमै शुभ चिन्तक होस्।

२ अहिले श्वासमा पछि लासमा । जीवनमा अरु केहि जित्नु छैन । जितेका सबै गुम्ने छन् । जित्नै छ भने अरुको मन जितौं , दुनियाँको विश्वास जितौं । बरु जीवनको  यात्रा कठिन नै होस् तर मृत्‍यु पश्चात धेरैको सम्झनामा अमर बन्न सकियोस्।

३ मलाई दु:खाएरै गयौं । अझैं दु:खाउ बरु सहनेछु, तर  तिमी कहिल्यै नदुख्नु । असल प्रेम प्रेमिको  प्राप्तिमा हैन प्रेमिको खुसीमा नै रम्ने छ ।

४ जहाँ प्रेमको भाषा हुन्छ ,त्यहीं  खुसी र आशा रहन्छ ।जसले आफुलाई महत्व दिएको छ । उसलाई समय निकालेरै  प्रेम गर नत्र समयले केवल पश्चातापको घडिमा उभिन वाध्य पार्ने छ ।

५ जो तपाईको इर्ष्या गर्छ उसलाई कहिल्यै घ्रिणा नगर्नुहोस्। तपाईंलाई आफु भन्दा उत्तम ठान्ने तिनै इर्ष्यालुहरु हुन् अनि अघि बढ्न वाध्य पार्ने पनि ।

६ महान व्यक्तिहरु मृत्‍युको चिन्तामा आफ्नो समय र उर्जा खर्च गर्दैनन् बरु मृत्‍यु हुनु अघि उपलब्ध समय र शक्तिको सहि उपयोग गर्ने छन्। मृत्‍यु जीवनको नटर्ने पाटो हो  तर समयमा सचेत नबने राम्रो काम गर्ने अवसर टर्न पनि सक्छ ।

७ आफुलाई कहिल्यै वेकार नसम्झनुस्। कतिले तपाईंलाई  बेबकुफ ठाने पनि कतिका लागि तपाईंं भगवान बनिरहनु भएको हुनसक्छ । भगवान सोच्ने हरुलाई सम्झनुस् र उनिहरुकै लागि भए पनि उनिहरु तर्फै फर्केर एक प्रेरक जीवन बांच्नुहोस्।

८ लाशले कहिल्यै बांच्नेहरुको आंशु मागेको हुंदैन । आंशु त हाम्रो उस प्रतिको आशक्त्ति हो । अनन्त यात्राको  स्वतन्त्र विचरणमा निस्केको यात्रिलाई स्वार्थ र मोहका अकुंश लगाउंनु भन्दा स्वछ्न्द विदाई गर्नुमानै यात्रिको यात्रा सहज बन्न सक्छ ।

९  धर्म र न्यायले हरेक युगमा एउटै आवाज छोडेका छन्। तिमीले मेरो रक्षा गर्यौं भने म तिम्रो रक्षा गरिरहने छु । अधर्मको बाटो लिएर जित हात पार्नु भन्दा धर्मको बाटो लिएर हार खानु धेरै ठुलो महानता हो । र अन्यत्यमा सत्यले नजितेको कुनै युग हुने छैन।

10 धनी वा गरिब  समयका लागि दुबै  समान हुन्। विश्वास नलागे भुकम्प , कोरोना वा काललाई सम्झिए हुन्छ । न धनी भने भएं भनेर अहंकार गर्नुछ न गरिव भएं भनेर धिक्कार गर्नु छ । केवल जिन्दगीलाई समभावले हेर्न सिक्नुछ ।

11 जीवनमा पीडाहरु निश्चित छन् ,तर दुख्नु र नदुख्नु चैं,  हाम्रो  आफ्नै छनौट हो । वर्षामा ओतमा रमाउं ,घाम चर्के छांया मा र घाम पानी दुबै भए इन्द्रेणीमा रमाउं ।

Must View