नागरिक पोष्ट News


शव बोकेर घाटसम्म महिलाहरुले नै पुर्याएपछि......

1.2K

छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पु¥याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले आश्रममा आश्रित ८६ वर्षीय जगतबहादुर अधिकारीको शुक्रबार मृत्यु भएपछि उनीहरुले शव बोकेर घाटसम्म पु¥याएका हुन् । महिलाले शव बोकेर दमौलीस्थित घाटमा पुगेर दागबत्ती र दाहसंस्कार गरेका थिए । 

छोरीले शव बोक्न हुँदैन भन्ने पहिलाको एकोहोरो मान्यता तोड्न आश्रममा आबद्ध महिलाले आश्रित आमा तथा बुबाको मृत्युपश्चात् पालोपालो शव बोकेर घाटसम्म पु¥याउँदै आएको आश्रमकी अध्यक्ष सवित्रा श्रेष्ठले बताउनुभयो । सोही आश्रममा आबद्ध महिलाले जातीय परम्पराअनुसार अन्त्येष्टिमा सघाएको उहाँले बताउनुभयो ।

हालसम्म आश्रममा आश्रित पाँच जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका सबैको महिलाले नै शव बोकेर लैजाने गरेका छन् । आश्रमकी सचिव निर्मला मल्लले आफ्नो बुबा र आमाजस्तै गरी पालनपोषण गर्दै आएकोले उनीहरुलाई सन्तानले गर्नुपर्ने कर्तव्य पूरा गर्नुपर्छ भन्ने सोचेर मृत्यु पछि आलोपालो सबैले बोकेर घाटमा लैजाने गरेको बताउनुभयो । ‘मन्त्र जप्ने ओठभन्दा सेवा गर्ने हात पवित्र हुन्छ’ भन्ने भावाना बोकी २०७० सालमा महिलाले आफू आफूमा चन्दा सङ्कलन गरी सहाराविहीनका लागि ज्येष्ठ नागरिको आश्रम सञ्चालन गर्दै आएका छन् ।

Must View