नागरिक पोष्ट News


९ दिवसिय श्री सीताराम अखण्ड नाम संर्कितन सहित ५४ मण्डपीय श्री रुद्रम महायज्ञको तेस्रो दिन यस्तो देखियो (भिडियो सहित)

1K

सबु बस्नेत,काठमाण्डौँ - विश्व शान्ति ,मानव कल्याण ,भाईचारा एकता एवं अखण्डताको साथै सबैखाले प्राकृतिक आपदा निवारण हेतु परमपुज्य श्री श्री १०८ श्री स्वामी जगतनन्दन दासजी महाराज पगलाबाबाको संकल्पमा ९ दिवसिय श्री सीताराम अखण्ड नाम संर्कितन सहित ५४ मण्डपीय श्री रुद्रम महायज्ञ  पशुपतिनाथमा शुरु भएको छ ।

 मिति २०७८ साल कार्तिक ३ गते बुधबार बाट शुभारम्भ गरी ऐ.१२ गतेसम्म भगवान् श्री पशुपतिनाथ बाबाको समिपको पावन भूमि वनकालिस्थीत हशंमण्डपमा सम्पन्न हुन गईरहेको ९ दिवसिय श्री सीताराम अखण्ड नाम संर्कितन सहित ५४ मण्डपीय श्री रुद्रम महायज्ञमा आफु स्वयम आफ्नो परिवारका सदस्य,आफन्त,छर छिमेक,नाता गोता सहभागि भई पुण्य कमाउनको लागि आयोजक टिमले सबैमा आग्रह गरेको छ । 

अहिले चलिरहेको समयको उल्टो चक्रका कारण प्रकृतिमाता उपर आई परेको कष्ट निवारणका निम्ति,विश्वमै हाल फैलिरहेको महामारी र भविष्यमा हुनसक्ने घोर महाकालको प्रलयको निवारणका खातिर पनि तपाई संकल्प लिएर तन मन वचन र कर्मले चारै वेदका कथा श्रवण सहित महायज्ञमा सहभागी बन्न सक्नुहुन्छ । उक्त पावन अवसरमा आफ्ना सबै प्रकारका दैहिक ,दैविक मानसिक ,भौतिक समस्याहरुको समाधानको कामना गर्दे संकल्पकर्ताको रुपमा समेत सहभागिताका लागि हार्दिक निमन्त्रणा आयोजक टिमले सबैमा  गरेको छ । 

र यो पनि पढ्नुहोस् 

देवताहरु रिसाएका कारण विश्वमा नै विनास भएकाे-विश्व बाबा

नेपाल लगायत विश्वमा नै अतिविष्टि, अनाविष्टि वेमौसमि तरिकाले संसारका मानवजगत प्राणीहरूले दु :ख पाइरहेका छन , विश्व भक्त बाबाको भक्ति बाट संसारलाई उहाँ निहाल्दा विगत लामो समय देखि भन्दै आएको कुरा प्रमाणीत भएको बताएकाछन् । विश्व राष्ट्रले मान्ने देवता श्री पशुपतिनाथको मन्दिरमा पूर्वढोका बन्द गरेर पश्चिमबाट पूजा गराउनु चाडपर्वमा देव माताहरुलाई गलत तरिकाले पूजा गर्ने, यस्तै कारण, देवताहरु क्रुद्ध भएको कारण अहिले वाढिपहिरो, जलवर्षा असिनाका कारण ठूला संकट आउने देखिन गएको बताउनु भएको छ ,मुखमा आएको बालि मा ठूलोक्षति हुने मानवको मृतुहुने यो सबैको दोष मानव घमण्डी ठूलो भबन्नु पर्ने लोभि भएको कारण ले यस्ता घटना बढ्ने देखिएकोछ विगतमा मठ-मन्दिरमा अन्न फाक्न हुन्न कसैलाई भोजन गर्न दिए पेट भरिन्छ भन्दा मानव लाई रिस उठ्छ, मान्छेले मान्छे को शरिर खाने दिन विश्वमा नआउला भन्न सकिन्ना कुनै प्रकृतिको नियम नभएर देविदेवताहरु रिसाएको कारण यो सबै विपति आएको विश्वबाबाले ठोकुवाका सथ बताएका छन अहिले विश्वमा रावणको युगचलेको समेत बताएका छन ।

Must View