नागरिक पोष्ट News


२३६ जना संगठित सदस्य रहेको साङ्गला एमालेको भोली भब्य अधिवेशन हुँदै

1K

काठमाडौं । नेकपा एमालेको कात्तिक ६ गते शनिबार देशभर स्थानिय पालिकाहरुको वडा अधिवेशन गर्दे छ । जसमा तारकेश्वरमा सम्पूर्ण तयारी पुरा गरिएको एमाले तारकेश्वर नगर सचिव राजु तिमिल्सिनाले बताए ।

अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहने गरि ३० जनाको कमिटि चयन हुने सचिव तिमिल्सिनाले बताए ।

यसै बिच तारकेश्वर वडा नं १ साङ्गलामा भोली भब्यताका साथ वडा अधिवेशन हुने वडा कमिटिका सचिव प्रकाश ढकालले बताए । ढकालका अनुसार भोली बिहान ११ बजे साङ्गला स्वास्थ चौकीको हलमा करिव दुई सयजनाको उपस्थीतीमा अधिवेशन हुनेछ ।

कार्यक्रममा नगरपालिकाका मेयर रामेश्वर बोहोरा , उपमेयर भवानी डोटेल , क्षेत्रीय संयोजक बिश्वनाथ लामिछाने , नगर कमिटिका अध्यक्ष बासु गौतम , सचिव राजु तिमिल्सिना लगायत एमालेका अग्रज नेता , कार्यकर्ताहरुको उपस्थीती हुने बताइएको छ ।

२३६ जना संगठित सदस्य रहेको सो वडा कमिटिमा पछिल्लो समय युवा तथा बुद्दिजिविहरुको आर्कषण बढ्दो छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन हुने छ ।

हालै ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न विधान महाधिवेशनले एमाले महाधिवेशनको कार्यतालिका तय गरेको थियो। एमालेले सबै पालिका अधिवेशन कात्तिक ९ गते गर्ने निर्णय गरेको छ।

एमालेले राष्ट्रिय महाधिवेशनपूर्व असोजभित्र सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशनको कार्यतालिका बनाएको थियो ।

२०७५ साल जेठ २ गतेको सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आबद्ध भएका सदस्यसमेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाइने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यको पनि नवीकरण असोज मसान्तसम्म गर्ने निर्णय गरेको छ ।

Must View