नागरिक पोष्ट News


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पौडेलद्धारा चिकित्सा शिक्षा आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निरीक्षण

714

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले भक्तपुरको सानोठिमीमा रहेका चिकित्सा शिक्षा आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निरीक्षण गर्नुभएको छ । 

शुक्रबार मन्त्री देवेन्द्र पौडेलका साथै राज्यमन्त्री बोधमाया कुमारी यादव र शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया सहितको टोलीले आयोग र केन्द्रको निरिक्षण गरेको हो । निरिक्षणपछि शिक्षामन्त्री पौडेलले सय दिन भित्र नतिजा आउने गरी काम गर्न निर्देशन दिनुभयो । 

शिक्षामन्त्री पौडेलले संविधानले व्यवस्था गरेका जनताका शैक्षिक हकलाई व्यवहारमा प्रकट हुने गरी काम गर्न लाग्ने बताउनुभयो । उहाँले काम गर्ने क्रममा आइपर्ने समस्याका गाँठा फुकाउन आफूले समन्वय गर्ने बताउनुभयो ।

उहाँले आयोग र केन्द्र दुवै कार्यालयलाई ३ महिने,एक बर्से र नीतिगत प्रक्रियाका कार्य योजना बनाई काम गर्न निर्देशन दिनुभयो । यसअघि मन्त्री पौडेलले बिहीबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को निरीक्षण गर्नुभएको थियो ।  

 

Must View