नागरिक पोष्ट News


वडा अधिवेशनमा जुट्यो तारकेश्वर एमाले : केपी ओलीद्धारा सबै वडाहरुको एकसाथ उद्घाटन

1K

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कात्तिक ६ गते (शनिबार)  हुने छ। जसमा तारकेश्वरमा सम्पूर्ण तयारी पुरा गरिएको एमाले तारकेश्वर नगर सचिव राजु तिमिल्सिनाले बताए ।

अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहने गरि ३० जनाको कमिटि चयन हुने सचिव तिमिल्सिनाले बताए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन हुने छ ।

हालै ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न विधान महाधिवेशनले एमाले महाधिवेशनको कार्यतालिका तय गरेको थियो। एमालेले सबै पालिका अधिवेशन कात्तिक ९ गते गर्ने निर्णय गरेको छ।

एमालेले राष्ट्रिय महाधिवेशनपूर्व असोजभित्र सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशनको कार्यतालिका बनाएको थियो । २०७५ साल जेठ २ गतेको सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आबद्ध भएका सदस्यसमेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाइने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यको पनि नवीकरण असोज मसान्तसम्म गर्ने निर्णय गरेको छ ।

Must View