‘भाइरल रोड’ हेर्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि पुगे…
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र पहिरो प्रभावित सुदूरपश्चिमका पाँचवटा जिल्लाको निरीक्षण गरेका छन् । ३१ असोजदेखि परेको अविरल वर्षाका कारण भएको क्षतिबारे बुझ्न दुई जना मन्त्रीसहित बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका थिए तर बाढीपिडितसँग भने प्रधानमन्त्री देउवाको भेट भएन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरको महाकाली नदीले गरेको क्षतिको निरीक्षण गरेका छन् । शुक्रबार बिहान हेलिकप्टरमार्फत महेन्द्रनगर पुगेका देउवाले महाकाली नदीले कटान गरेको भाइरल रोडको स्थलगत अवलोकन गरेर फर्किएका हुन्।
निरीक्षणपछि प्रधानमन्त्री देउवाले बाढीले गरेको क्षतिको तथ्याङ्क संकलन गरेर गुरुयोजना बनाएर समस्याको समाधान गर्ने बताए। सुदूरपश्चिममा बाढी र पहिरोबाट पीडादायी भएको बताउँदै सरकारले त्यसको सम्बोधन स्पष्ट पारे। उनले प्रधानमन्त्रीले हेलिकोप्टरबाट बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका थिए । यस्तो समाचार सुनेर हाँसो लागेको पीडितहरुले बताए । बझाङ सदरमुकाम चैनपुरमा केहीबेर बसेका देउवा पहिरोस्थल बझाङको थलारामा जाने कार्यक्रम रहे पनि प्राविधिक कारणले हेलिकोप्टर अवतरण गर्न नसक्दा फर्किएको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।
यसैगरी प्रधानमन्त्री देउवाले बैतडीमा पनि हेलिकोप्टरबाटै प्रभावित क्षेत्रको अनुगमन गरेका छन् । आकाशमा तीन चक्कर लगाएर प्रभावित क्षेत्र अवलोकन गरेका प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रका केही प्रतिनिधिसँग भेट गरेर डडेल्धुरा प्रस्थान गरेका हुन्