नागरिक पोष्ट News


आकाश श्रेष्ठले अभिनय गरेको ‘सिमाना पारी’ बोलको गीत सार्वजनिक

1K

नायक आकाश श्रेष्ठ म्युजिक भिडियोमा पनि चलेका छन् । म्युजिक भिडियोमा उनी महंगो पारिश्रमिक लिएर काम गर्छन् । तर, आकाशका भिडियोले गतिलो भ्यूज भने पाउन सकेका छैनन् ।

उनले अभिनय गरेका निक्कै कम भिडियो मात्र १० लाख माथिको भ्यूज पाउन सफल छन् । अधिकांश भिडियोले त युट्युबमा २–४ लाख भ्युजमै चित्त वुझाउनु परेको छ । यसकारण, आकाश फ्लप भिडियोका हिट मोडल हुन् भन्दा फरक नपर्ला ।

उनै, आकाश श्रेष्ठले अभिनय गरेको ‘सिमाना पारी’ बोलको गीत ८ दिन अगाडि सार्वजनिक भएको थियो । रवि गतहराजको स्वर रहेको यो गीतको छायांकन सिक्किमका विभिन्न रमणीय स्थानमा गरिएको छ । भिडियोको रिलिज नेपाल र सिक्किममा गरिएको थियो ।

महंगो लगानीमा खिचिएको यो भिडियोले दर्शकको साथ भने पाउन सकेन । ८ दिनमा २ लाख ४० हजार भ्युज मात्र पाएको यो भिडियोलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

भिडियोमा आकाश श्रेष्ठ, रवि गहतराजकै अभिनय छ । राजेश घतानीले यो गीत लेखेका हुन् भने सुरेश राइको गीतमा संगीत छ ।

 

Must View