नागरिक पोष्ट News


‘एमडीएमएस’ लागू नभएको भन्‍दै मोबाइल फोन इम्पोर्टर्स एशोसिएशनको आपत्ति

1.2K

काठमाडौं । अवैध मोबाईलमा रोक लगाउन मोबाईल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागू गर्ने सरकारको निर्णय अझै कार्यान्वयन हुन नसकेको भन्‍दै मोबाईल फोन आयातकर्ताहरुले आपत्ति जनाएका छन्।

गत साउन १ गतेदेखि लागू गर्ने भनिएको सो प्रणाली ३ महीना बित्न लाग्दा पनि सरकारले अझै कार्यान्वयन गर्न नसकेकोमा मोबाईल फोन इम्पोटर्स एशोसिएशनका अध्यक्ष दिपक मल्होत्राले आपत्ति जनाएका हुन् । उनले सो निर्णय चाँडो कार्यान्वयन गरी नेपालमा मोबाइल व्यवसायलाई राम्रो ढंगले अघि बढाउने वातावरण बनाउन सरकारसँग माग गरे ।

न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष मल्होत्राले भने, ‘मोबाईल लिगल मात्रै इम्पोर्ट हुने हो भने हामीलाई पनि केही हदसम्म व्यापार गरेको रमाईलो हुन्थ्यो, फाईदा हुन्थ्यो होला । तर विडम्बना के छ भने आजको मितिमा यो २ महीना, ३ महीनामा पनि लागू नहुँदा अब ती व्यापारीहरु जसले अवैध्ली इम्पोर्ट गर्छ, उनीहरुको मनमा फेरि के भईसक्यो भने यो कुरा त हल्ला मात्रै रैछ । नेपालमामा यो लागू हुँदैन भनेर फेरी इलिगत बजार सुरु भयो।’

नेपालमा हाल करीब ४५-५० प्रतिशत मोबाईल अवैध ढंगले विक्रीवितरण भइरहेको एशोसिएशनको दाबी छ । त्यसलाई रोक्न सके सरकारले राजस्व असुलीबाट धेरै फाईदा लिन सक्ने र व्यवसायीहरुको व्यापार पनि फष्टाउने एशोसिएशनका अध्यक्ष मल्होत्राको भनाइ छ ।

 

 

Must View