बाढी पहिरो अपडेट– ज्यान गुमाउनेको संख्या ९१ पुग्यो
574
काठमाडौ : अविरल वर्षासँगै आएको बाढी पहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । गृह मन्त्रालय दिएको जानकारी अनुसार बमौसमी वर्षाले मुलुकका विभिन्न स्थानमा आएका बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या ९१ जना पुगेको छ ।
जसमा पाँचथरमा मात्रै ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । इलाममा १३, डोटीमा १२, धनकुटामा ७, बझाङमा ८, हुम्लामा ६, बैतडीमा ४ तथा सुनसरी र उदयपुरमा दुई जनाको ज्यान गएको छ । प्युठान, सोलुखुम्बु, मोरङ, डडेलधुरा र कालीकोटमा एक÷एक जनाको ज्यान गएको छ ।
बाढी पहिरोमा अझै ३० जना बेपत्ता भएका छन् । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताउनुभयो ।