नागरिक पोष्ट News


बाढीपहिरोबाट ७७ जनाको मृत्‍यु, २६ जना बेपत्ता: तत्काल राहत तथा पुनःस्थापनमा जुट्न प्रधानमन्त्री देउवाको निर्देशन

1.2K

काठमाडौं । विगत चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । बेपत्ता हुनेको संख्या २६ रहेको छ भने घाइते हुनेको संख्या २२ पुगेको छ ।

गृहमन्त्रालयका अनुसार पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पुर्‍याएको छ । पहिरोमा परी पाँचथरमा मात्रै २४ जनाको मृत्यु हुँदा ६ जना घाइते भएका छन् ।

उद्धार, राहत तथा पुनःस्थापनमा लाग्न प्रधानमन्त्री देउवाको निर्देशन

उद्धार, राहत तथा पुनःस्थापनमा लाग्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबानबाट हराइरहेकाको उद्धार, प्रभावितलाई राहत तथा घरबारविहीनको पुनःस्थापनामा लाग्न निर्देशन दिएका छन् ।

 इलमामा पहिरोमा परी १३ जनाको मृत्यु हुनो २ जना घाइते भएका छन् भने ३ जना बेपत्ता छन् । 

यस्तै डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् ।

यस्तै पहिरोमा परी धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ ।

यस्तै पहिरो र बाढीमा परी बझाङ, सुनसरी र उदयपुरमा २-२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एक/एक जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोमा परी पाँचथरमा ६, धनकुटा र डोटीमा ५/५, बैतडी र इलाममा २/२, कालीकोट र डडेलधुरामा एक/एक जना घाइते भएका छन् ।

Must View