नागरिक पोष्ट News


दुग्ध विकास संस्थानका कर्मचारीद्धारा आन्दोलन सुरु

714

काठमाडौं : विभिन्न ८ बुदे माग राख्दै दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीले आन्दोलन सुरु गरेका छन् । संस्थानलाई नाफामा लान नसकेको, भ्रष्टाचारीलाई कारवाही नगरेको, कर्मचारीलाई दुख दिने मनासयले सरुवा गरेको लगाएतमा माग राख्दै कर्मचारीहरुले केन्द्रीय कार्यालय लैनचौरमा आन्दोलन सुरु गरेका हुन् ।

उनीहरुले महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । उपपमहाप्रबन्धक अधिकारीले डीडीसीमा एक करोड  भन्दा बढी रकम हिनामिना गरेको उनीहरुले आरोप लगाएका छन् । डीडीसी कर्मचारी संघका महासचिव एवं आन्दोलन परिचालन समितिका प्रवक्ता एयुव अलि खानले संस्थान सुधार र कर्मचारीको बृतिबिकासका लागि आन्दोलन गर्नुपरेको बताउनु भयो । यसअघि राखेको २० सुत्रिय मागमा प्रशासनले सहमति गरेपनि कार्यान्वयन हुन नसकेको उहाँको भनाई छ ।

कर्मचारीहरुले २०५७ साल भन्दा अगाडी स्थायी भएका सम्पूर्ण कर्मचारीलाई प्राविधिक ग्रेड दिन नसकेको बताएका छन् । त्यस्तै दुघ र दुघजन्य पदार्थको बिक्रिबितरण समयानुकुल बृद्धि गर्न नसकेको उनीहरुको आरोप छ । 

Must View