नागरिक पोष्ट News


बागमती प्रदेशमा सार्वजनिक सवारी साधानको भाडा बढ्यो

630

काठमाडौं : बागमती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा सोमबार देखि बढेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सोमवार देखि लागू हुने गरी नयाँ भाडादर कायम गरेको हो ।

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्ना साथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ । यस्तै १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्नेछ ।

यस्तै उपत्यका बाहेक साबिकको भाडादरमा प्रतिशत वृद्धि गरिएको छ । यो भाडादरमा यात्राले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउनेछन् ।

Must View